सिरहा, २० पुस। बुहारीको भाटा प्रहारबाट सिरहामा एक जेष्ठ नागरिकको मृत्यु भएको छ। सिरहाको धनगढीमाई नगरपालिका ६ मोतियाहीकी ४२ वर्षिय चन्दादेवी महतोलेको भाटा प्रहारबाट आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको बुधबार विहान मृत्यु भएको हो।
घरायसी विवादमा चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले हत्या अभियोगमा बुहारी चन्दा देवीलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।