जनकपुर, १६ पुस। जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन भएका छन्। अध्यक्ष डा. सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित यादवलाई दलका नेतामा चयन गरेका हुन्।

यस्तै संसदीय दलको प्रमुख सचेतकमा चन्दनकुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरी चयन भएका छन्।

GBR UBS