• आशिष विश्वकर्मा

सिरहा, १६ पुस। दलित बिपन्न समुदायका बालबालिकाहरुले पढ्ने विद्यालयको रुपमा परिचित सिरहाको धेरैजसो आधारभुत विद्यालयहरुमा चरम बेथिति, अनियमिता र ढिलासुस्ती हुने गरेको पाइएको छ। धेरै जसोमा शिक्षक र विद्यार्थीको अनुपातमा तालमेल नमिल्दाँ भबिष्यका कर्णधार बालबालिकाहरुको भबिष्यमाथि खेडवाड भईरहेको अभिभावकहरु बताउँछन्।

GBR1

कतिपय विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक छैन् भने कतिपयमा थोरै सङ्ख्यामा विद्यार्थी भएपनि धेरै सङ्ख्या देखाएर अनियमिता हुने गरेको छ। भएका विद्यार्थीहरुलाई पनि शिक्षकले राम्रोसँग पढाउने गरेको छैन्। यसको ताजा उदारहण बनेको छ सिरहाको गोलबजार नपा १ मुक्सारस्थित दलित आधारभुत विद्यालय। जहाँ विद्यार्थीहरुको हाजिरी रजिष्टरमा बाल विकासमा २९ जना, कक्षा १ मा २०, कक्षा २ मा २१ र कक्षा ३ मा १५ जना गरी जम्मा ८५ जनाको नामाङकन छ। तर विद्यालयले नगर शिक्षा शाखाबाट ९१ जना विद्यार्थीको पुस्तक, छात्रवृत्ति, दिवाखाजा बापतको सेवा सुविधा भएका छन् । तर, सो विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीको संख्या भने मुस्किलले २५ जना हुन्छ । यहाँ पढ्नै सवै विद्यार्थी दलित समुदायका मात्र छन्।

सो विद्यालयका प्रधानाध्यापक निरोज यादव पनि हाजिरी गर्न मात्र विद्यालय जाने गरेको स्थानीय अभिभावकहरु बताउँछन्। हाजिरी गरिसकेपछि प्रअ यादव पनि विद्यालयको का भन्दा पनि व्यक्तिगत कामले विद्यालय बाहिरै रहन्छ। उनकी श्रीमती सोनम यादव बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता हुन् । उनीपनि विरलै विद्यालय आउँछन् । विद्यालयमा कार्यालय सहयोगी पनि स्थानीय माओवादी नेताका श्रीमती हुन्। उनले विहान विद्यालयको ताला खोलेपछि उनीपनि घरधन्दामै फर्कन्छन् । प्रअले आफैले पढाउन बोलाएका एकजना शिक्षकले आएका विद्यार्थीलाई पढाउँछन्।

सिरहाको सुखिपुर नगरपालिका ७ बलहीस्थित ४ कक्षा सम्म पढाई हुने आधारभुत विद्यालयको रजिष्टरमा पनि १२६ जना विद्यार्थीको नामाङ्कन छ । तर, विद्यालय समयमा त्यहाँ मुस्किलले १५ जना उपस्थिति देखिन्छ । यहाँ राहत शिक्षक एक, करार शिक्षक एक र बाल विकासका सहयोगी कार्यकर्ता एक सहित तीन जना छन् । उनीहरु तीनै जना एकै विद्यालयमा एउटै समयमा तीनैजना भेट हुँदैनन् । प्रधानाध्यापकको भूमिकामा रहनुभएको आनन्द सिंह विद्यालय हाजिर गर्नमात्र आउनु हुन्छ । उहाँ आफूले तलव सुविधा पाउने विद्यालय भन्दा भाईले चलाउको बोर्डिस्कूलमै बढी सयम भेटिने गरेको स्थानीय अभिभावकको गुनासो छ।

सोही नगरपालिकाको वडा नम्बर ४ मा रहेको जनता आधारभुत विद्यालय पोखरीयामा यस्तै अवस्था देखिएको छ । विद्यालयको हाजरी रजिष्टरमा १२० विद्यार्थीको नामाङकन छ। तर, २० जनाको हाराहारीमा रहन्छ । त्यसमा पनि सवै छात्राहरु छन् । छात्रा भनेको उनीहरुसँगै आएका भाईहरुमात्र हुन् । प्रधानाध्यापक जितेन्द्र प्रसाद यादव सहित थप दुईजना बालविकासका शिक्षिका भएपनि उहाँहरुको विद्यालयमा सवैको एकैपटक भेट मुस्किलले हुन्छ।

सिरहाकै नरहा गापा ३ बत्राहीस्थित जनता आधारभुत विद्यालयमा तीन जना राहत दरवन्दिका शिक्षकहरु छन् । तीनजना शिक्षकहरु आफैमा पनि राम्रो बोलचालसमेत छैन्।

विद्यालयका प्रधानाध्यापक रामकुमारी यादव १२ बजे भन्दा पहिले विरलै विद्यालय आईपुग्नुहुन्छ । प्रधानाध्यापक नै विद्यालय समयमा नआएपछि बाँकी दुईजना शिक्षक विद्यालय आएपनि विद्यार्थी भने मुस्किलले १० जना आईपुग्छन् । हाजिरी रजिष्टरमा १३१ जना विद्यार्थीको नामाङ्कन छ । यहाँ पढ्ने प्रायः विद्यार्थी गरिव, दलित, मुस्लिम विद्यार्थीहरु छन्।
सिरहाको मात्र होईन, मधेश प्रदेशका प्रायः सामुदायिक आधारभुत विद्यालयहरुको अवस्था यस्तै छ । धेरैलाई लागेको थियो, स्थानीय सरकार बलियो हँुदा शिक्षामा पनि परिवर्तन हुन्छ । शैक्षिक सुधार हुन्छ । गरिव, दलित तथा विपन्नका सन्तानले पनि राम्रो शिक्षा पाउँछन् । तर, विद्यालयको अवस्था झन झन खस्किदै गएको छ । पहिला निश्चित नेताहरुको आडमा थोरै शिक्षकहरु मात्र बलिया थिए । हिजोआज कोही अध्यक्ष/मेयरका नजिकका, कोही वडा अध्यक्षका नजिकका त कोही प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुख नजिकका छन्। नेताहरुको आड भरोसा पाएका शिक्षकहरु अभिभावलाई कुनै वास्ता नगर्ने स्थानीय अभिभावकहरु बताउँछन्।
पछिल्ला केही घटनाले त शिक्षक स्थानीय सरकारभन्दा बलिया भएको देखाउँछ । उनीहरु सरकारभन्दा पनि बलिया देखिएका छन्। शिक्षकको व्यवहार र विद्यालयको अवस्थाले अभिभावकमा नैरासियता बढ्दै गएको छ । राजनीतिक दल र सरोकारवाला यो विषयमा बहस गर्न चाहँदैन् । राजनीतिक नेतृत्व, सरकार र सरोकारवाला शिक्षा नीतिको सुधारप्रति संवेदनशील नहुँदा नै शैक्षिक गुणस्तर दिनानुदिन कमजोर बनेको बिश्लेषकहरुको भनाई छ।

प्रायः आधारभुत विद्यालयका शिक्षक पढाउन विद्यालय आउँदैनन्। प्र.अ. विद्यालय आउने भनेको हाजिर गर्नमात्र हो । हाजिर गरिसकेपछि उनीहरुको जागिर पाक्छ । त्यसपछि कहिले पालिका त कहिले जिल्लाको कामले हिडिहाल्छन्।

प्र.अ. हिडिसकेपछि शिक्षकहरु पनि के कम उनीहर पनि घरायसी काम भए घरतिर नत्र मोवाईल खेलाएरै समय बिताईरहेको हुन्छ । विद्यार्थीलाई त उही हो ‘पढ–पढ, पढे पढ नपडे नपढ’।
सामुदायिक आधारभुत विद्यालय शिक्षामा व्यापक सुधारको खाँचो छ । पूर्वाधार सुधार, शिक्षण पदत्तीसुधार गर्दै यसलाई प्रविधिमैत्री, व्यहारीक र स्थानीय भाषा, संस्कृति, रितीरिवाज झल्काउने खालको बनाउनु पर्नेमा बिज्ञहरुको सुझाब छ ।

GBR UBS