सिरहा, १४ पुस। सिरहाको मिर्चैयामा घरायसी विवादका क्रममा आफ्नै देवरको कुटपीट हुदाँ एक महिलाको मृत्यु भएको छ। भैंसीको पाडोले वालि चरेको निहुाँमा भएको झैझगडामा आफ्नै देवर कुटपीटबाट मिर्चैया नगरपालिका ३ बलुवाटोलका ४५ वर्षिय मनतुत देवी यादवको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको हो।
आफ्नै देवर रामदेव यादवको कुटाईबाट घाइते यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरि बहादुर वलीले जानकारी दिए।
कुटपीटमा संलग्न देवर फरार रहेका छन्। उनको खोजी भईरहेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ। उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीको भनाई छ।