नामकैलागी मात्रै उपभोक्ता समिती, काम जति ठेक्केदारको हातमा

    • पुष १४, २०७९
    • ५४१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १४ पुस। सिरहाको मिर्चैया नगरपालिकाको सडक कालोपत्रे निर्माण कार्यमा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा अनियमितता भएको पाईएको छ। मिर्चैया नपा ४ कल्याणपुर–मिर्चैया सडक देखि कुथनमा गाउँसम्म जोड्ने सडक कालोपत्रे निर्माण कार्यमा व्यापक अनियमिता भएको पाईएको हो।

    ginlyanda 333

    मिर्चैया नगरपालिकाको आर्थिक वर्ष ०७८/७९ मा ८ सय मिटर सडक कालोपत्रे गर्न गठन गरिएको ‘कालो पत्रे तथा नला निर्माण’ उपभोक्ता समितिका अध्यक्षलाई समेत जानकारी नदिई जनप्रतिधी र कर्मचारीको मिलेमत्तोमा ठेकेदारले काम गरेको छ। आर्थिक वर्ष ०७८/७९ मा काम सम्पन्न नभएपछि २०७९/०९/०८ सम्मको म्याद थप गरी सोही उपभोक्तालाई देखाएर ठेकेदारमार्फत काम गराएको छ।

    नगरपालिकाले ८५ लाख र जनसहभागीता ९ लाख २६ हजार ३०७ रुपैयाँ सहित ९४ लाख २६ हजार ३०७ रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बेस र प्राइमकोटको काम गरी ३० लाख रुपैयाँ रकम निकासा लिएको उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र कुमार साहले जानकारी दिए।

    अध्यक्ष साहले अघिलो आर्थिक वर्षमा गरेको कामपछि आफूलाई थप भईरहेको कामको विषयमा कुनै जानकारी नभएको बताए। उनले पुरानै बजेट अनुसार काम भएको हो भन्ने लागेको भएपनि मलाई अहिले नखोजेको बताए। उनले भने, ‘अघिल्लो आर्थिक वर्षको निकासापछि मलाई कसैले खोजेको छैन, बाँकी काम पुनः सञ्चालन भएर सकिने अवस्थामा पुगेपनि मलाई कुनै जानकारी छैन।’

    पुरानै समितिलाई म्याद थप गरी कार्य गरिएको प्रमुख प्रशासकिय अधिकृत जानकारी दिए। ठकेदारले कामगरिरहेको भन्ने विषयमा भने उनले अनभिज्ञता प्रकट गरे।

    योजनाको वित्रित विवरणमाँग गर्दा नगरपालिकाका मेयर श्रवण यादवले पत्रकारलाई सवैथोक किन चाहियो भन्दै विवरणदिन इन्कार गरे।

    निर्माणकार्य गरिरहेका संजय मण्डलले पहिला नै सवै ठेक्का लिएर मलाई देखाउनको लागि मात्र उपभोक्ता बनाएको रहेछ, साहले भने, ‘कामको ठेक्का पहिला नै नगरपालिकासँग मिलाई सहेको रहेछ, मलाई देखाउनको लागिमात्र बनाएको रहेछ।’

    उनले आफूलाई उपभोक्ता समितिको अध्यक्ष बनाएपनि सम्पूर्ण कागजपत्र र बैंकको चेक समेत संजय मण्डलसँगै रहेको बताए। अहिले पटकको निकासापनि उनीहरुले किर्ते गरेर निकालेको साहले आरोप लगाएको छ। यस उपभोक्ता समितिको नाममा मिर्चैयास्थित एनआईसी एसीया बैंकको मिर्चैया शाखामा खाता रहेको साहले बताए।

    आफ्नै वडामा सडक कालोपत्रेको काम भईरहेको भएपनि आफूलाई औपाचारीक रुपमा कुनै जानकारी नभएको मिर्चैया नपा ४ वडा अध्यक्ष दिलिप कुमार सिंहले बताए। उनले भने, ‘राम्रै लगानीमा सडक कालोपत्रे गर्ने काम भईरहेको छ, मैले मेयरसँग यस विषयमा पटक पटक बुझ्ने प्रयास गरेपनि यो नगरको काम हो भन्दै पन्छाउँदै आउनु भएको छ।’ उनले कालो पत्रे सहितको नाला निर्माण कार्यको लागि बजोट विनियोजन गरेको भएपनि नालाभने निर्माण अझै सुरुभएको भएको छैन्।

    कुनै पनि विकास निर्माणको काम गर्दा निर्माणस्थलमा निर्माणका सम्पूर्ण विवरण झल्कने साईनबोर्ड राख्नुपर्ने व्यवस्था भएपनि मिर्चैया नगरक्षेत्रमा हुने विकास निर्माणको काममा त्यस्तो नदेखिने स्थानीय सामाजिक कार्यकर्ता अमिरनन्द यादवले बताए। उनले आफूहरुले योजनाको विषयमा पटक पटक जानकारी माग्दा पनि सहि सूचना पाउन नसकेको गुनासो गरे।

    उपभोक्ता कार्यविधि अनुसार उपभोक्ता समितिले सम्झौता बमोजिम गरिनुपर्नेकाम समिति अफैलें गरिनुुपर्ने व्यवस्था रहेको छ। अन्य कुनै निर्माण व्यवसायी र कुनै व्यक्ति वा संस्थालाई ठेक्कामा दिइ गर्न गराउन पाउने छैन भनी ऐनमा व्यवस्था भएपनि यस नगरपालिकाका जनप्रसितनिधि र कर्मचारीहरुको मिलेमतोमा कानुन्लाइ लत्याउदै एन–नियम विपरित कार्य गरेरहेका छन्।

    सिराहाका स्थानियतहमा विकास निमार्णको काममा जनप्रतिनिधी र कर्मचारीहरुले आफ्नो मनोमानी गरी नामकैलागी उपभोक्ता समिती गठन गरी कमिशन खानकैलागी ठेक्केदार मार्फत काम गराउने गरेको स्थानियहरु बताउछन्।

    GBR UBS

    केमा पढ्नु राम्रोः छ ...

     सारा सार्ट्ज हिजोआज पाठ्यसामग्रीहरू पढ्न कागजी प ...

    धनुषाको कमला किनारमा ...

    जनकपुरधाम, २८ बैशाख। धनुषाको कमला नगरपालिका ५ स्थित कमल ...

    जेलबाट रिहा भए केजरी ...

    काठमाडौं, २८ बैशाख। सर्वोच्च अदालतले अन्तरिम जमानत दिएप ...

    एकै समयमा दुईठाउँ हा ...

      मुकेश कुमार यादव सिरहा, २८ बैशाख। सिरहामा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल