कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता, मेयर सिंहले गरे हेल्थ डेस्कको अनुगमन

    • पुष १३, २०७९
    • २३८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १३ पुस। वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मुख्य नाका इनरुवामा रहेको हेल्थ डेस्कको निरीक्षण गरेका छन्।

    कोरोना भाइरस (कोभीड–१९) को संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बिहीबार बिहान मेयर सिंहले निरीक्षण गरेका हुन्।

    ginlyanda 333
    अहिले छिमेकी देश भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि उनले हेल्थडेस्कका स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

    हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरेका छन्।

    हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ।
    कोभिड संक्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनु पर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए।

    हेल्थ डेस्कको सरसफाई र मर्मत सम्भार गर्नु पर्ने कामलाई अघि बढाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

    अहिले दैनिक १ जनाको एन्टिजेन परीक्षण हुनुका साथै २ सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्ककी चिकित्सक डा.अनिसा साहले जानकारी दिइन्।

    डा. साहका अनुसार स्थानीयलाई तापक्रम स्क्रिनिङ गर्ने गरेको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरिएको छ।

    GBR UBS

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल