राष्ट्र बैंक परिसरमा उद्योगीको धर्ना, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

    • पुष १३, २०७९
    • ३४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १३ पुस। वीरगञ्जका उद्योगी एवम् व्यवसायीहरु आन्दोलनको तेस्रो दिन आज धर्नामा बसेका छन्। नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरका विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आज नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखा कार्यालय परिसरमा धर्ना दिएका हुन्।

    वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा मधेश प्रदेशभरीका १६ वटा उद्योग वाणिज्य संघ र १० वटा बस्तुगत संघहरुको समर्थनमा आन्दोलित व्यवसायीहरुले हातमा कालो पट्टी बाँधी विरोध जनाएका छन्।

    नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए।

    सङ्घका उपाध्यक्ष हरिप्रसाद गौतमका अनुसार राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धी गर्नुका साथै विभिन्न नीतिगत जटिलताहरु उत्पन्न गराएका छन्।

    धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक कुमार टेमानी, सचिव आशीष लाठ, होटल व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, लुब्रिकेन्ट व्यवसायी सङ्घ, पर्साका अध्यक्ष विकाश ठाकुर, नेपाल औषधि व्यवसायी सङ्घ, पर्साका अध्यक्ष ताजुदिन अंसारी, किराना व्यवसायी सङ्घका अध्यक्ष शंकर कुशवाहा लगायतले शीघ्र चर्को ब्याज दर चालु पूँजी कर्जा निर्देशिकाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन माग गरेका थिए।

    बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दर र राष्ट्र बैंकको अव्यवहारिक निर्देशिका तत्काल संशोधन गरेर उद्योग व्यापारलाई राहत दिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए। शान्तिपुर्ण आन्दोलनलाई बेवास्ता गर्दै माग पूरा नभएमा सशक्त आन्दोलनमा जाने चेतावनी समेत उद्योगी व्यवसायीले दिएका छन्।

    GBR UBS

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    रातु नदी उत्त्खननविर ...

      बिशाल बस्नेत महोत्तरी, २९ बैसाख। रातु नदी ...

    बाराका शिक्षकहरु जा ...

      सुरुचि भण्डारी निजगढ, २९ बैशाख। बाराको निज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल