फाईल फोटो।

काठमाडौं, १२ पुस। सरकारले पुस २५ गते संसद बैठक बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय लिएको थियो।

त्यहीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन्।

जसअनुसार आगामी पुस २५ गते दिउँसो १ बजे संसद बैठक बस्नेछ।

४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो।

यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने हुन्छ।

संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ। दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन रहेको छ।

ginlyanda