सिराहा १२ पुष । सिराहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगर सहित चार जना युवाहरुलाइ प्रहरीले प्रकाउ गरेको छ । जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागुपदार्थ विक्रिवितरण गरिरहेको अवस्थामा ५.५ सय ४० मिलिग्राम ब्राउन सुगर सहित चारजानालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले गोलबजार नपा ६ को ३० वर्षिय दिप कुमार महरा, २५ वर्षिय पंकज कुमार महतो ,वर्ष २० को शिरिल महरा र २५ वर्षिय संजय मोचिको साथबाट सेतो प्लास्टिकको स–सानो पोका बनाएको ७ थान अन्दाजी ५.५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख ‘इन्सपेक्टर’ राजु केसिले जनाएको छ ।
पक्राउ परेका चारैजानाको साथबाट डिजिटल तराजु , विभिन्न दरका २ हजार भारतीय रुपैया , ३ हजार नेपालि रुपैया र तिन थान मोवाइल वरामद गरिएको इन्सपेक्टर केसिले बताए। पक्राउ गरिएका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।