राष्ट्र बैंकको मौद्रिक नीतिविरुद्ध वीरगञ्जका व्यसायी आन्दोलनमा

    • पुष ११, २०७९
    • ३०६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ११ पुस। नेपाल राष्ट्र बैंकको चालू पूंजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याजदरका विरुद्ध वीरगञ्ज उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रिएको छ। नेपाल राष्ट्र बैंकको गलत आर्थिक नितिले बजार–व्यवसाय तहसनहस भएको भन्दै बाणिज्यसंघसहित उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

    ginlyanda 333

    आन्दोलनको पहिलो दिन मौद्रिक नितिको सांकेतीक बिरोधस्वरुप वीरगञ्ज उद्योग बाणिज्य संघको भबन र नेपाल राष्ट्र बैंकको गेट अगाडी विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुन्याइएको छ।

    भोलिदेखि आआफ्नो व्यवसायिक प्रतिष्ठान अगाडी मौद्रिक नितिको बिरोधमा ब्यानरहरु झुन्ड्याउने र १३ गते राष्ट्र बैंक अगाडि धर्ना दिने र १४ गते उद्योगी व्यवसायीहरुको सहभागीतामा विशाल जुलुश निकाली नीति सच्याउन दबाब दिने कार्यक्रम रहेको संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले जानकारी दिए।

    राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज र विभिन्न शिर्षकमा रकमहरु असुल्दै आएपछी आन्दोलन गर्नुपर्ने बाध्यता आएको अध्यक्ष गुप्ताको भनाई छ।

    संघका अध्यक्ष गुप्तासँगै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै मौद्रिक नीति उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।

    उद्योग वाणिज्य संघको आन्दोलनमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसहित अन्उय बस्तुगत संघ संस्थाहरुले पनि ऐक्यबद्धता जनाएका छन्। उद्योगीहरुको आन्दोलनमा समर्थन जनाउादै दबाबस्वरुप भोली नै होटल तथा पर्यटन व्यवसायी संघसँग आवद्ध होटलको अगाडी मौद्रिक नीतिको विरुद्ध ब्यानर राख्ने संघका अध्यक्ष हरि पन्तले बताए।

    धनुषाको कमला किनारमा ...

    जनकपुरधाम, २८ बैशाख। धनुषाको कमला नगरपालिका ५ स्थित कमल ...

    जेलबाट रिहा भए केजरी ...

    काठमाडौं, २८ बैशाख। सर्वोच्च अदालतले अन्तरिम जमानत दिएप ...

    एकै समयमा दुईठाउँ हा ...

      मुकेश कुमार यादव सिरहा, २८ बैशाख। सिरहामा ...

    उपप्रधान तथा गृहमन्त ...

    काठमाडौं , २८ बैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल