सुरक्षित गर्भपतनका विषयमा सचेतना फैलाउनुपर्ने सहभागीको जोड

    • पुष ११, २०७९
    • ५७५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ११ पुस। सुरक्षित गर्भपतन प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। युवा संस्थाले वीरगञ्जमा सञ्चालन गरेको सुरक्षित गर्भपतन सम्बन्धी परियोजनाको प्रभावकारीताका सम्बन्धमा आयोजित छलफलका सहभागीहरुले सचेतनता फैलाउनुपर्नेमा जोड दिएका हुन्।

    ginlyanda 333

    सुरक्षित गर्भपतन सन्वन्धमा जनचेतना अभिवृद्धि गर्ने अभिप्रायले युवा नामक गैर गैरसरकारी संस्थाले एक वर्ष अघिदेखि वीरगञ्जमा ‘युथ एक्सेस’ परियोजना सञ्चालन गरेको थियो। सोही परियोजनाको प्रभावकारीताका सम्बन्धमा जानकारी लिन वीरगञ्ज आएकी संस्थाकी सचिव अस्मिता रिजालले संस्थाको कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिइन्। ‘युवाहरुलाई सुरक्षित गर्भपतनका बारेमा अभिमुखीकरण दिएर उनीहरुमार्फत समाजलाई सचेत बनाउने हाम्रो उद्देश्य केही हदसम्म सफल भएको आभाष मैले गरे। अझै यसलाई बिस्तार गर्ने बारे हामी छलफल गनैछौँ’, सचिव रिजालले भनीन्।

    समाजलाई जागरुक बनाउने र मातृ शिशु मृत्युदर कमगर्ने तथा असुरक्षित रुपमा हुने गर्भपतनको रोकथामका लागि संस्था सक्रिय रहेको बताइन्।

    वीरगञ्ज नर्सिङ् क्याम्पसमा बिएससी नर्सिङ् तेस्रो बर्षमा अध्ययनरत स्मृती पुडासैनीले परियोजना प्रभावकारी रुपमा सञ्चालन भइरहेको वताईन। वीरगञ्जका विभिन्न विद्यालयहरुमा पुगेर सुरक्षित गर्भपतन किन, कसरी र केका लागि गर्नुका साथै यसका फाइदाका बारेमा जानकारी गराउँदा विद्यार्थीहरु पनि लाभान्वित भएको उनले बताइन्।

    पुडासैनीका अनुसार १२ हप्तासम्म सुरक्षित गर्भपतन गर्न पाउने कानुनी व्यवस्थासँगै बलात्कार लगायत अन्य अकस्मात अवस्थामा १५ देखि १८ हप्तासम्म पनि सुरक्षित गर्भपतन गराउन सकिने व्यवस्था छ। उनले सुरक्षित गर्भपतनका लागि कानुनी व्यवस्थाका बारेमा पनि प्रकाश पारेकी थिइन्।

    वीरगञ्ज महानगरपालिकाको गैरसरकारी संस्था समन्वय प्रमुख राजीव गिरीले पनि समाजलाई सचेतना फैलाउने कुनै किसिमका कार्यक्रम एवम् योजनामा महानगर समन्वय गर्न तयार रहने दृढता जनाए। साथै उनले सुरक्षित गर्भपतनको क्षेत्रमा युवा संस्थाले गरेको कामको पनि सह्राना गरेका छन्।

    पत्रकार सुरेश बिडारीले संस्थाको कार्यको सह्राना गर्दै यसलाई बिस्तार गर्नुपर्ने सुझाव दिएका छन्। संस्थाले बिशेष गरी शहरी क्षेत्रभन्दा पनि ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर त्याहाँका किशोरी सञ्जाल एवम् आमा समूहहरुसँग सहकार्य गरेमा यसको प्रभावकारीता बढ्ने विश्वास पनि बिडारीले व्यक्त गरेका छन्। युवा संस्थाको कार्यक्रमले नै राज्यको चौथो अंग पत्रकारहरुलाई सुरक्षित गर्भपतनका क्षेत्रमा पनि कलम चलाउन प्रेरित गरेको अनुभव उनले सुनाए।

    हाम्रो अभियानका शिवनाथ यादवले विभिन्न संघ संस्थाका कार्यक्रमहरुले नै विस्तारै सोच परिवर्तन हुँदै गइरहेको बताए। विगतको तुलनामा मानसिक परिवर्तन हुँदै गएको बताउँदै उनले अझै यस्ता कार्यक्रमको निरन्तरताले सचेत हुन मद्धत पुग्ने दावी गरे।

    सो अवसरमा सञ्चारकर्मी सूर्यनारायण वि.क., किरण गिरी लगायतले पनि सुरक्षित गर्भपतन सम्बन्धी आ–आफ्नो बुझाईसँगै संस्थाको कामको बारेमा धाराणा राखेका थिए। छलफललाई आशु कुमार सर्राफ, संस्थाकै प्रतिनिधि आरती गुप्ता लगायतले सहजीकरण गरेका थिए।

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल