लायन्स क्लब अफ वीरगञ्ज सहयोगीद्वारा निःशूल्क मधुमेह परीक्षण शिविर सम्पन्न

    • पुष ११, २०७९
    • ३३३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ११ पुस। लायन्स क्लबअफवीरगञ्ज सहयोगीको आयोजनामा निःशूल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ। वीरगञ्जको माइस्थानस्थित गहवा मन्दिर अगाडीको पार्कमा शिविर सम्पन्नभएको हो। क्लबका अध्यक्ष दिलपाल साहको अध्यक्षतामा भएको शिविरबाट १ सय जनाभन्दा धेरै लाभान्वितभएको क्लबका प्रथम उपाध्यक्ष पशुपति भट्टले जानकारी दिए।

    ginlyanda 333

    शिविरमा १७ वर्षदेखि ७० वर्ष उमेर समूहकाले निःशूल्क रुपमा मधुमेह परीक्षण गराएका थिए। पुसको बढ्दै गरेको चिसो र शितलहरका बाब्जुदपनि शिविरमा परीक्षणका लागि उल्लेख्य उपस्थिती रहेको थियो। वीरगञ्जकै ६४ वर्षीय प्रलाद राय अग्रवालले निःशूल्क रुपमा सुगर (मधुमेह) को परीक्षण गर्न पाउँदा खुशीव्यक्त गरे।

    ६७ वर्षीय दिना प्रसाद गुप्तापनि निःशूल्क मधुमेह परीक्षण शिविर हुने खबर थाहापाएर परीक्षण गराउन बिहानै माइस्थान पुगेका थिए। ‘फ्रि मै सुगर चेक गराउन पाउँदा असाध्यै खुशी लागेको छ। यस्तै कार्यक्रम सँधै भइरहनुपर्छ’ गुप्ताले भने। गुप्ता जस्तै मुहारमा मुस्कान छर्दै वीरगञ्ज माइस्थाननिवासी ६२ वर्षीय कलावती देवी रौनियारले पनि शिविरबाट लाभलिएकी छिन्।

    शिविरमा क्लबका सचिव एवम् कन्सलटेन्ट फिजिसियन डा. अजयकुमार गुप्ता, सहसचिवएवम् कन्सलटेन्ट फिजिसियन डा. प्रवेज आलमअन्सारी र कन्सलटेन्ट इन्डोक्रिनोलोजिष्ट डा. राजीवयादवले सहभागीहरुलाई परामर्शसँगै स्वास्थ्यमाध्यानदिनुपर्ने बारे सुझावदिएकाथिए।

    शिविरमा डा. अजरा खातुनल, डा. निर्माया नेपाली, डा. एलिना साह, डा. सुमित चौधरी, डा. सुन्दर भण्डारी, डा. अमृत थापा, डा. रञ्जिता मण्डल र डा. चाँदनी शाहले तौल, रक्त चापसँगै मधुमेह परीक्षण गरेका थिए।

    यसअघि विश्वमधुमेह दिवसको अवसरमापनि सोही ठाउँमा क्लबले मधुमेह परीक्षणको शिविर आयोजना गरेको थियो । उक्तशिविर भब्य रुपमा सफलभएसँगै दोस्रो पटक पनि शिविरलाई निरन्तरता दिइएको क्लबका द्वितिय उपाध्यक्ष अमरकान्त झाले बताए। आगामीदिनमा अरु पनि सामाजिककार्यमा अग्रसर रहनुका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर क्लबले काम गर्ने झाको भनाई छ।

    शिविरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पनि सहभागी भएर सामाजिक कार्यमा सरीक हुन प्रोत्साहन गरेका थिए। सामाजिक कार्यमा महानगरले पनि साथदिने विश्वास दिलाउँदै उनले गरिब, विपन्नएवम् न्युनआर्थिक अवस्थाका परिवारको स्वास्थ्यमा टेवापुग्ने खालका कार्यक्रम क्लबहरुले गरेकोमा खुशीव्यक्त गरे।

    शिविरमा क्लबका पदाधिकारी, सदस्यहरुका साथै विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल