काठमाडौं, १० पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।
राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
राष्ट्रपति भण्डारीसमक्ष अध्यक्षले नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सांसदको हस्ताक्षर पेश गरे पछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रको समर्थन रहेको छ।
यसअघि २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा भएका प्रचण्ड २०७४ मा दोस्रो पटक र यो सहित तेस्रो पठक प्रधानमन्त्री बनेका हुन्।