सिरहा, १० पुस। सशस्त्र प्रहरीले दुईकेजी युरेनियम सहित बाराबाट तीन जनालाई पक्राउ गरेका छन्। शनिबार दिउँसो करिब २ बजे नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगरपालिका ७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट युरेनियम सहित जितपुरसिमरा ५ का २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहट माधवनारायण नगरपालिका २ का २२ वर्षीय बृज सहनीलाई २ केजी युरेनियम सहित पक्राउ परेका हुन्।

नियन्त्रणमा लिएका तीन जना र बरामद युरेनियम आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाउने कार्य भईरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायम उपरीक्षक अमन बहादुर खत्रीले जानकारी दिए।

उनीहरुले बरामद युरेनियम कुन प्रायोजनकोलागि कहाबाट ल्याएको भन्ने अझै खुलेको छैन।

ginlyanda