शिविरमा ३९५ महिलाको स्थायी बन्ध्याकरणहुँदा एकजना पुरुषले पनि गराएनन्

    • पुष ८, २०७९
    • ३५७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सूर्य वि.क.

    वीरगञ्ज, ८ पुस। विरगञ्ज ३१ बेलवाकी बिमला मिजार २ सन्तानकी आमा हुन्। एक छोरा र एक छोरीलाई जन्म दिईसकेपछि उनले बुधवार स्थायी बन्ध्याकरण गरेकी छिन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा बिमलासँगै ३ दिनमा ९५ जना महिलाले स्थायी बन्ध्याकरण गरेका छन्।

    वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि शुरु गरेको निःशूल्क स्थायी बन्ध्याकरण शिविरमा उनीहरुले स्थायी बन्ध्याकरण गरेका हुन्। महानगरपालिकाले महिलाको लागि भ्यासेकटोमी र पुरुषको लागि मिनिल्याप दुवै शिविर सञ्चालन गरेको छ। तर अहिलेसम्म एकजना पनि पुरुषले बन्ध्याकरण नगरेको लालपर्सा स्वास्थ्य चौकीकी सिनियर अनमी किरण सिंहले बताइन् । पुरुषले पनि गर्नुपर्छ भन्ने मानसिकताको विकास नहुँदा र यस भेगमा अभ्यासमा नआएकाले पुरुषले नगरेको स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहा बताउँछन्।

    महिलाको तुलनामा पुरुषलाई सहज हुने र छिटै ठीक हुने भएपनि महिलाले नै बन्ध्याकरण गरेकोमा कुशवाहाले चिन्ता व्यक्त गरे।

    वीरगञ्ज ३१ कै ३४ वर्षीय लुपमान मियाँ अन्सारी आफ्नी श्रीमतीको बन्ध्याकरण गराउन लालपर्सा स्वास्थ्य चौकी पुगेका थिए। लुपमानकी श्रीमतीले २८ वर्षकै उमेरमा ३ छोरा र २ छोरीलाई जन्माइसकेपछि भ्यासेकटोमी गराएकी हुन्। ५ सन्तानमध्ये २ जनालाई शल्यक्रिया गरेरै जन्म दिएकी उनले भ्यासेकटोमी गरेसँगै अब सन्तान जन्माउन नपर्ने भन्दै सुखको सास फेरिन्। २ पटक शल्यक्रियामार्फत र ३ पटक बिना शल्यक्रिया गरी ५ सन्तानलाई जन्म दिएकी उनलाई आफ्ना श्रीमानलाई बन्ध्याकरण गर्न लगाउनुको साटो किन आफै गरेको भन्ने प्रश्न सोध्दा जवाफ यसरी दिइन्, ‘हामी महिला त घरमै बस्छौँ, केही काम गर्नुपर्दैन, बाहिरको काम गर्ने, खर्चको जोहो गर्ने मान्छेले बन्ध्याकरण गर्दा कमाई कसले गर्छ ? अनि घर कसरी चल्छ?’

    वीरगञ्ज ३२ टेढाकी नगिना खातुन पनि यस्तै व्यथा सुनाउँछिन्, “पुरूष आफैले म बन्ध्याकरण गर्छु भनेर सोच्दैनन्, घरबाट बाहिर गएर काम गर्ने हुँदा कसले कमाउने भन्ने सोचेर हामी आफै गर्छाै । अझ पुरुषले पनि गर्न सक्छन् भन्ने जानकारी पनि छैन ।”

    परिवार नियोजन गर्ने सोच बनाएको २ वर्ष बित्दा पनि वीरगञ्ज आउने समय नमिल्दा ४२ वर्षीय नगिनाले बन्ध्याकरण गर्न पाएकी थिइनन्। तर महानगरले शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य चौकीसम्म ल्याउने र लैजाने व्यवस्था मिलाउँदा वीरगञ्ज आउजाउ गर्दा हुने खर्च जोगिएकोमा उनी खुशी छिन्।

    बन्ध्याकरणकै लागि वीरगञ्ज आउँदा भाडा, खाजासहित अस्पतालमा लाइन लाग्नुपर्ने, पुर्जी काट्नुपर्ने झन्झटबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, २८, २९, ३०, ३१ र ३२ गरी ६ वडाका महिलाहरु मुक्त भएका छन्। अझ महानगरले न्यानो कपडासमेत उपलब्ध गराएको हुँदा अहिले बढ्दै गरेको चिसो मौसममा काम लाग्ने भन्दै बन्ध्याकरण गर्न आएकाहरु खुशी देखिन्थे।

    ग्रामिण क्षेत्रलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाले निःशूल्क स्थायी बन्ध्याकरण शिविरको आयोजना गरेको हो। वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित सिर्सिया स्वास्थ्य चौकी र वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको वीरगञ्ज महानगरको स्वास्थ्य महाशाखाकी ईन्दिरा लोहनीले जानकारी दिइन्। उक्त शिविरबाट १६ वडाका महिलाहरु लाभान्वित भएका छन्।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल