विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि पालिकाहरु अग्रसर

    • पुष ७, २०७९
    • ४९३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सप्तरी, ७ पुस। कोभिड १९ सहितका विपद् एवम् महामारीबाट प्रताडित शिक्षा क्षेत्रलाई सुरक्षित गर्नका लागि सप्तरीका स्थानीय सरकारहरु विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा अग्रसर देखिएका छन्।

    हालै आयोजना भएको स्थानीय तहको शिक्षा क्षेत्रको लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि पालिकास्तरीय कार्यशाला गोष्ठी मार्फत सप्तरीको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको खाका तयार पारेका छन्।

    राजविराज नगरपालिकाको शिक्षा संयोजक भगवती प्रसाद बि.के.का अनुसार तयार पारिएको खाकालाई शिक्षा एवम् योजना शाखाको नेतृत्वमा पूर्णता दिई नगरपालिकामा पेश गरिनेछ। उनले अगाडी भने, ‘त्यसपछि विषयगत प्रमुखहरुको सल्लाह सुझाव अनुरुप पारित गरेर नगरपालिका मार्फत लागु गरी योजना अनुरुप विपद् पूर्वतयारी एवम् प्रतिकार्यको कामहरु गर्नेछौं।’

    कञ्चनरुप नगरपालिका वडा नं. ७ का वडाध्यक्ष समानन्द चौधरीले कोभिड १९ महामारी संगै बाढी, हावाहुरी, सितलहर लगायतका विपद्बाट संरक्षण एवम् प्रतिकार्यका लागि स्थानीय सरकारले गरेको योजना निर्माण अत्यन्त सराहनीय रहेको बताए । उनका अनुसार स्थानीय तहहरुले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्नु र त्यसको कार्यान्वयन गर्नु महत्वपूर्ण जनअपेक्षा पूरा गर्नु हो।

    युरोपियन युनियन एवम् युनिसेफ नेपालको आर्थिक साझेदारीमा भूकम्प प्रविधि राष्ट्रि समाज नेपाल–एनसेट मार्फत संचालन भइरहेको ‘नेपालमा कोभिड १९ महामारीको शिक्षा क्षेत्रमा परेको असरको प्रतिकार्यको लागि सहयोगः नेपाल शिक्षा क्लष्टरको संघीय, प्रदेश र स्थानीय तहमा सुदृढीकरण’ परियोजना अन्तर्गत पुष ३ देखि ५ गतेसम्म सप्तरीमा संचालित सो कार्यशालामा कञ्चनरुप, हनुमाननगर कंकालिनी र राजविराज नगरपालिकाका वडा अध्यक्षहरु, शिक्षा शाखा, योजना शाखा, विपद् व्यवस्थापन समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति प्रतिनिधीहरुको सहभागीता थियो।

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल