सिरहा, ५ पुस। सिरहाको मिर्चैयामा सम्पन्न रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्। विद्यार्थी जनमत संघको आयोजनामा मिर्चैया नपा ५ दुर्गामन्दिर परिसरमा गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको आयोजकले जानकारी दिए।
जिल्लाका अस्पतालहरुमा रक्त अभावका कारण विरामीहरुले भोग्नु परेको समस्यालाई मध्येयनजर गर्दै रक्तदान कार्याक्रमको आयोजना गरेको जनमत विद्यार्थी संघका पूर्व अध्यक्ष अरविन्द सहनीले जानकारी दिए। 
यस अघिपनि संघले यहाँका विरामीहरुको समस्यालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जनाए।
कार्यक्रम मिर्चैया नगरपालिका वडा नम्वर ४ का अध्यक्ष्ँ दिलिप सिंहको विशेष सहयोग रहेको आयोजकले जनाए।



                    
                            
                                                            


        
        
        















