कमला नदीको पुल पुनरनिर्माणको माँग गर्दै सिरहा प्रशासनमा धर्ना

    • पुष ४, २०७९
    • ५४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ पुस। हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल पुनरनिर्माणको माँग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहाको मूख्यद्वारमा आज सोमबार धर्ना दिएका छन्। उद्घाटनको लागि ठिक्क पारिएको भनिएको पुलको पाया भासीएको १८ महिना वितिसक्दा पनि पुनरनिर्माणमा बेवास्ता गरेकोभन्दै प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।

    ginlyanda 333

    धर्नापश्चात संघर्ष समितिका संयोजक समेत रहेका लेखक तथा सामाजिक अभियन्ता रामरिझन यादवले आ–आफ्नै प्रकारले कमलाको पुल बन्नु पर्छ भनेर लेख्न र बोल्ने गरेपनि अझै संयुक्त आवाज बन्न नसकेकोमा चिन्ता व्यक्त गरे। एनले भने, ‘लेख्न र बोल्न चाहि कसैले पनि छुटाउदैनन्। तर, ऐक्यबद्धता जनाउन चहि मुश्किलले आउछन्। सबैको सरोकारको विषय भएपनि कमला पूल बनोस वा नबनोस भन्ने सम्बन्धमा थोरैमात्रले सरोकार राखेको पाए।’

    यस्तै अवस्था रहे कमला पूल बन्न अझ कैयौ वर्ष लाग्ने यादवको कथन रहेको छ। ‘यस्तो हुनुको मूलकारण जिल्लाका नेता कहलिएकाहरूलाई नै यो कमला पूलसङ्ग कुनै वास्ता छैन। यादवले भने, ‘ उहाँहरुलाई चासो भएको भए आफ्नो चुनावी पर्चामा एकलाइन कोर्न बिर्सिने थिएन वा सम्बन्धित कार्यक्रममा कमसेकम ऐक्यबद्धता जनाउन अवश्य आउथे।’

    नेताहरुलाई व्यक्तिगत रुपमा आमन्त्रण गर्दा समेत नआएको यादवको भनाई छ।

    हुलाकी सडक सङ्घर्ष समिति, सिरहा विकास मन्च तथा नागरिक समाज सिरहाले धरना तथा विरोध कार्यक्रम आयोजना गरेको संघर्ष समितिका संयोजक यादवले जानकारी दिए।

    करिव १८ महिना अघि सामान्य वर्षाको भेललले पुलका पायाहरु भाषिएका थिए। २०७८ असार मासामान्य बाढीले पाया भासिएको थियो। सरकारले पुल पुनरनिर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन।

    कमला नदीको पुल भत्किएपछि स्थानीय युवाले बाँस तेर्स्याएर अस्थायी पुल बनाएका छन्। त्यही बाँसको पुलबाट जोखिम मोलेर दैनिक हजारौं मानिस आवतजावत गर्न बाध्य छन्।

    चारपाङ्ग्रे गाडी थेग्न सक्दैन। उनीहरुले मोटरसाइकल चढ्नेसँग दिनको एक सय लिएर आउजाउ गर्न दिएका छन्। नसक्नेले ५० र कतिपयलाई निःशुल्क आवत जावत गर्न दिनेगरेको युवाहरु बताउँछन्।

    स्थानीयले अस्थायी पुल बनाएका ८० हजार रूपैयाँ खर्चलागेको बताएका छन्। त्यसैले पनि यात्रुबाटै पैसा उठाएको उनीहरुको भनाई छ।

    कमला नदीमा ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ मै पप्पु कन्स्ट्रक्सनले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो। पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो।

    यस विच पनि हुलाकी संघर्ष समितिले सिरहामा एक महिना ३ दिन र जनकपुरमा १० दिन अनसन बसेका थिए।

    रास्वपाका केन्द्रीय ...

      काठमाडौं, २९ बैशाख। राष्ट्रिय स्वतन्त्र पा ...

    केमा पढ्नु राम्रोः छ ...

     सारा सार्ट्ज हिजोआज पाठ्यसामग्रीहरू पढ्न कागजी प ...

    धनुषाको कमला किनारमा ...

    जनकपुरधाम, २८ बैशाख। धनुषाको कमला नगरपालिका ५ स्थित कमल ...

    जेलबाट रिहा भए केजरी ...

    काठमाडौं, २८ बैशाख। सर्वोच्च अदालतले अन्तरिम जमानत दिएप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल