सिरहा, २६ मंसिर। सिरहा प्रहरीले विभन्न स्थानबाट अवैधरुपमा खेतमा लागाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेका छन्। नोपल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट कारिव १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो।

गाजाँ तयार हुनै नदिने नीति अनुसार प्रत्यक वर्षजस्तै यसवर्षपनि प्रहरीले फडानी कार्यालाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्वर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फडानी गरीरहेका छौ; सूचनाको आधारमा हामी गाँजाभएका ठाउँसम्म पुगि फडानी गरिरहेका छौं।’

सानो छदा नदेखिने र सूचना समेत नपाउने भएकाले अहिले गाजाँ फडानी कार्यगरिरहेको प्रहरकिो भनाई रहेको छ।

सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारै तर्फ उखु, रहर, तरकारी खेती लगाएर विचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाई छ। कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको विरुवा लगाउने गरेको प्रहरीले बताए।

परबाट हेर्दा अन्य बालीजस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाई छ। किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन्।