सिरहा, २३ मंसिर। सिरहाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएको ताला तत्काल विषयगत शिक्षक व्यवस्था गर्ने सहमति पछि खुलेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कुमार यादवको अध्यक्षता, औरहि गाउँ पालिका अध्यक्ष शिवजी यादवको विशेष उपस्थितिमा बसकोे सर्वपक्षिय बैठकले तत्काल शिक्षक व्यस्था गर्ने र विद्यार्थीको जायजमाग पुरागर्ने सहमतिपछि ताला खुलेको हो।

333

नियमित पठन–पाठनका लागि तत्काल आवश्यक पर्ने २ जना शिक्षक पालिकाले आईतबारबाट व्यवस्था गराउने र विद्यालयमा खालीरहेका दरवन्दी र राहात दरवन्दीमा निर्वाचन आचारसंहिता सकिनासाथ रितपूर्वक भर्ना गर्न पालिकाले सहयोग गर्ने सहमति भएको विद्यालयका प्रधानाध्यापक इन्द्रदेव यादवले जानकारी दिए। उनले विद्यालयमा आज वसेको सर्वपक्षिय वैठकमा गाउँ पालिकाले तत्काल २ जना शिक्षक पठाउने र खाली दरवन्दीमा पदपूर्तीको लागि शिक्षा समन्वय ईकाई र गाउँ पालिकाको शिक्षा शाखासँग समन्वय गरी पारदर्शी शिक्षक छनोट प्रकृयामा सहयोग सहमति भएको बताए।

विद्यार्थीहरुले राखेको २९ बुँदेमाग शिक्षा नियमावलीले गर्न अनुतिदिएका सवैमागहरु पुष २९ गतेभित्र पुरागराउन समन्वय र सहयोग गर्ने आज वसेको बैठकले निर्णय गरेको शिक्षक यादवले जनाए।

विद्यार्थीहरुले विद्यालयमा खाली रहेको दरवन्दी तत्काल पूर्तिगर्नु पर्ने, विद्यालयकै स्वास्थ्य शिक्षकलाई लेखापालको जिम्मेवारीबाट हटाएर पठन पाठनमा लगाउनु पर्ने, विद्यालयको आर्थिक कारोवार पारदर्शी हुनुपर्ने, भर्ना भएका सवै विद्यार्थी नियमित उपस्थित हुने बातावरण बनाउनु पर्ने, विद्यालयका शिक्षक कर्मचारीका छोरा छोरी आफैले पढाउने विद्यालयमा पढाउनु पर्नेमाँग सहित बुधबार विद्यालयमा तालाबन्दी गरेका थिए।

शिक्षक अभावका कारया पछिल्लो ८ महिनादेखि सामाजिक, नेपाली, स्वास्थ्य शिक्षा लगातका विषयगत शिक्षक नहुँदा पढनपाठन अवरुद्ध हुदै आएको सोही विद्यालयको कक्षा १० मा अध्ययनरत प्रिन्स यादवले बताए।

जायज माँजसहित विद्यार्थीको आन्दोलनमा युवा तथा वुद्धिजिवीहरुको साथ सहयोग गरेको स्थनिय चतुरानन्द यादवले बताए।