कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोशिलका विरामीको निःशुल्क उपचार गर्ने

    • मंसिर २१, २०७९
    • ५०८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ मंंसिर। कर्जन्हा नगरपालिका र फुलकुमारी महतो मेमोरियल अस्पतालले पालिकाका सम्पूर्ण पाठेघर र हाईड्रोशिलका विरामीको निःशुल्क उपचार गर्ने भएको छ। पालिका र अस्पतालको साझेदारीमा पालिकाका सम्पूर्ण पाठेघर खसेका महिला र हाइड्रोशिल भएका पुरुषहरूको निःसुल्क शल्यक्रिया सतिहतको उपचार उपलब्ध गराउने भएको हो।

    333

    कर्जन्हा नगरपालिका अस्पतालबिच पाठेघर खसेका महिला र हाइड्रोशिल भएका पुरुषहरूको शल्यक्रियाकोलागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए।

    विरामीहरुले निसुल्क शल्यक्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जांच, औषधी, बिरामीलाई खानाको सुविधा, लगायत सल्यक्रिया पश्चात् बिरामीको घरसम्म ऐम्बुलेन्स सेवा समेत निःसुल्क प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ।

    सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. श्याम कुमार शाह र नगरपालिको तर्फबाट प्रमुख प्रसासकिय अधिकृत दनुवारले हस्ताक्षर गरेका छन्।

    पालिकाले आफ्नो सामाजिक सेवाअन्तर्गत यो कार्य गरेको प्रसाशकिय अधिकृत दनुवारले जनाए।

     

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल