सप्तरी, १९ मंसिर। आपतकालिनमा समयमा समस्या तथा गुनासो व्यवस्थापन मार्फत प्रतिकार्यको तयारी गर्ने उद्देश्यले सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा स्थानीय शिक्षा कलष्टर गठन भएको छ।

333

दैवी प्रकोप सहित महामारीजन्य विपद्मा शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै प्रतिकार्यको योजना तयारी एवम् त्यसको कार्यान्वयनका लागि पालिकामा शिक्षा कलष्टर गठन गरिएको कञ्चनरुप नगरपालिकाको नगर शिक्षा अधिकृत पे्रम कुमार चौधरीले जानकारी दिनुभएको छ।

कोभिड लहरमा लामो समय विद्यालय बन्द भई विद्यार्थीहरुको सिकाई निरन्तरतामा ठुलो समयस्या आई शैक्षिक गुणस्तरमा भोलिका दिनमा प्रश्न उठन् नदिनका लागि शिक्षा कलष्टर मार्फत तयारी थाल्नका लागि पालिकास्तरीय शिक्षा कलष्टरको महत्वपूर्ण भूमिका रहने हनुमाननगर कंकालिनी नगरपालिकाको नगर शिक्षा अधिकृत हरिनारायण साहले बताउनुभएको छ।

युरोपियन युनियन तथा युनिसेफ नेपालको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल (एनसेट)को सहजीकरणमा मधेश प्रदेशमा संचालित नेपालमा कोभिड १९ महामारीको शिक्षा क्षेत्रमा परेको असरको प्रतिकार्यको लागि सहयोगः नेपाल शिक्षा क्लष्टरको संघीय, प्रदेश र स्थानीय तहमा सुदृढीकरण परियोजना अन्तर्गत दुबै पालिकाहरुमा शिक्षा कलष्टर गठन गरिएको हो।

हालै आयोजना गरिएको एक/एक दिने अभिमुखीकरण मार्फत हनुमाननगर कंकालिनी नगरपालिकामा नगरप्रमुख बिरेन्द्र माझीको नेतृत्वमा १३ सदस्यीय र कञ्चनरुप नगरपालिकामा नगरप्रमुख ललन प्रसाद गुप्ताको नेतृत्वमा १७ सदस्यीय शिक्षा कलष्टर समुह गठन गरिएको हो।

एनसेटको सहजीकरणमा संचालित परियोजना मधेश प्रदेशको ५० ओटा गाउँ/नगरपालिकाहरुमा संचालित छन् जहाँ सिकाई नितन्तरता अभियान क्रियाकलापलाई मुख्य विषयको रुपमा कार्यान्वयन गरिएको छ।