सप्तरी, १७ मंसिर। मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ। नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको शनिवार हुने साधारणसभामा शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराईको सुत्ने कोठामै शनिवार विहान मृत भेटिएको हो।
सर्लाहीकै अस्पतालमा पोस्टमार्टम पश्चात् शनिबार नै सप्तरीको राजविराज ७ मा रहेको जन्मघर ल्याएर उहाँको पार्थिव शरीरलाई अत्येष्टी गरिने भस्का
छ।
सर्लाहीको लालबन्दीदेखि ८ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण देहान्त भएको देखिन्छ।
ुुबिहान अरू साथीहरू चिया खान निस्किँदा उनको खोजी भयो र उनकै ड्राइभरलाई बोलाउन कोठातिर पठाउँदा भित्रबाट चुकुल लागेकै थियो। ‘उहाँ राति सुत्ने कोठामा एक्लै हुनुहुन्थ्यो, निधन भएको कोठामा अत्यधिक मात्रामा रगत भगेको र उहाँले सेवन गर्दै आउनुभएका औषधिहरू कोठाभरी छरिएको बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको रहेछ।’ पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष दिपक कर्णले बताए।
विग त चार दशकदेखि सप्तरीको पत्रकारितामा उनको सक्रिय योगदान रहँदै आएको र पछिल्लो समय मधेस प्रदेश सरकारले उनलाई मिडिया काउन्सिलको अध्यक्षको जिम्मेवारीमा नियुक्त गरेको थियो। वरिष्ठ पत्रकार भट्टराईले आफ्नो पत्रकारिता जीवनकालमा दर्जनौँ पुरस्कार तथा कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पनि प्राप्त गरेका थिए।