सिराहामा सालनालसहित भेसटएका शिशुको उपचारको क्रममा मृत्यु

    • मंसिर १६, २०७९
    • ५५४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिराहा १६ मंसिर। सिरहामा सालनालसहित भेटिएकोे नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ। सिराहाको दक्षिणवर्ती हुलाकी सडक खण्डको बरियापट्टी गाँउपालिका ३ मा विहिवार विहान सालनालसहित खेतमा फालिएको शिशुको उपचारको क्रममा विहिवार राती प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो।

    विहिवार विहान स्थानिय अधिकलाल यादब आफनो खेतबारी जाने क्रममा बच्चा रोएको अबाज सुनेपछि उनले नै गाउँले र प्रहरीलाई खवर गरेका थिए। खवर पाएलगतै शिशुभएको ठाउँमा पुगेर ईलाका प्रहरी कार्यालय बरियापट्टीका प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका थिए।

    शिशु स्वस्थ्य अवस्था समान्य रहेपनि थप निगरानीका लागी प्रादेशिक अस्पताल सिरहा पठाइएपनि चिसोका कारण स्वासप्रस्वासमा समस्या आएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार बेलुका स्वास प्रस्वासमा समस्या आएपनि एनआईसीयूमा राखेर उपचार गरेपनि बच्चालाई बचाउन नसकेको बताए।

    वेवारिसे अवस्थामा फालिएको शिशु छोरा रहेको र उनको वजन २ किलो ८ सय ग्राम रहेको र स्वास्थ्य अबस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानाएका थिए।

     

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल