आपसी झगडामा कुटपिटका कारण एक जनाको मृत्यु, घटनामा संलग्न छ जना पक्राउ

    • मंसिर १६, २०७९
    • २९५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १६ मंसिर। धनुषा, मिथिला बिहारी नगरपालिकामा आपसी विवादमा भएको कुटपीटमा एक जनाको मृत्यु भएको छ। जिल्लाको मिथिला बिहारी ४ रमौलका ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा भएको कुटपिटबाट प्रभु यादवको बिहीबार राति मृत्यु भएको हो।

    कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    घटनामा संलग्न स्थानीय २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव सहित ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

    घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    ab mall 1

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल