आयात प्रतिबन्धन्धले राजस्व संकलन प्रभावित

    • मंसिर १४, २०७९
    • ५३२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १४ मंसिर। सबैभन्दा बढी राजस्व संकलन हुने वस्तु आयातमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर राजस्वमा परेको छ। बाहन र इन्धनजन्य सामाग्रीसहित सरकारले कुरकुरे, कुरमुरे लेजलगायत सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य तयारी वस्तु, हीरा, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगिन टिभी, जिप, कार र भ्यानहरू, एक सय ५० सिसीभन्दा बढीका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र तासको आयातमा प्रतिबन्ध लगाएको परिणाम राजस्वमा परेको हो।

    जसका कारण पछिल्लो ४ महिना यता वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन घट्दै गएको छ। चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले गत कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ। गत साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले १२ अर्ब ९८ करोड ९९ लाख मात्र संकलन गरेको थियो।

    गत भदौमा १९ अर्ब २९ करोड ४५ लाख राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ लाख मात्र संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

    कात्तिकमा २१ अर्ब ६५ करोड ४२ लाख राजस्व संकलनको लक्ष्य राखिएकोमा १२ अर्ब ९२ करोड ४६ लाखमात्र संकलन गरेको छ।

    ab mall 1

    नर्सहरूको सुविधामा ...

      काठमाडौं, ३० बैशाख। प्रधानन्त्री पुष्पकमल द ...

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    रातु नदी उत्त्खननविर ...

      बिशाल बस्नेत महोत्तरी, २९ बैसाख। रातु नदी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल