युवक हत्यामा संलग्न रहेको आरोपमा दुई पक्राउ

    • मंसिर १२, २०७९
    • २९५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ मंसिर। सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका १ नरगी गाउँका ३२ वर्षीय युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। तीन दिनअघि हत्या गरी फालिएको अवस्थामा भेटिएका स्थानीय रामशंकर यादवको हत्यामा संलग्न रहेको किटानी जाहेरीको आधारमा दुईजनालाई पक्राउ गरिएको हो।

    ab mall 333

    पक्राउ पर्नेमा बरियारपट्टी १ बडहरीका ४८ वर्षीय दिपु भनिने दीपेन्द्रकुमार यादव र ४२ वर्षीय अजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान शीर्षकमा जाहेरीसमेत परेकाले थप अनुसन्धान थालिएको छ।

    ९ मंसिरको राति करिब ११ बजेतिर हत्यापछि गाउँदेखि दक्षिण नरगी कुर्सन्डी सडक किनारमा रामशंकरको शव फेला परेको थियो। त्यही राति उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै पक्राउ परेका दीपेन्द्रले प्रहरीलाई फोन गरेको आधारमा गाउँलेहरूले हत्या भएको आशंका गरेका थिए। हत्या गरी मोटरसाइकल दुर्घटनाजस्तो देखाउन खोजिएको भए पनि स्थानीयको सूचनाको आधारमा प्रहरीले मृतक परिवारबाट जाहेरी परेपछि दुईजनालाई पक्राउ जनाएको छ।

    स्थानीयहरूका अनुसार निर्वाचनमा अपेक्षाअनुसार मत नआएको आक्रोशमा कांग्रेसका स्थानीय अगुवा रामशंकरलाई पक्राउ परेकाहरूसहितले गाउँको होटेलमा बोलाएर नरगी कुर्सन्डी सडकतिर लगेका थिए। त्यतै हत्या गरेर दीपेन्द्रको निर्माणाधीन घरमा ल्याई पुनः सडक किनारमा फालेर दुर्घटनाको रूप दिन खोजिएको गाउँलेहरूको आरोप रहँदै आएको छ।

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल