बद्रिनारायण यादव

सिरहा, ११ मंसिर। सिरहाको गोलबजारका मेयर देवनाथ साहको घरमा शुक्रवार राती भएको ढुंगामुढा र सिरहा क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएको मनोज कुमार सिंहको गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाएको घटनाबारे छानविन गरी कानूनी कारवाही अगाडि बढाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)ले माग गरेको छ।

एमाले र जसपाले आज सिरहा सदरमुकाममा संयुक्त पत्रकार सम्मेलन गर्दै त्यस्तो माग गरेको हो। निर्वाचित प्रदेशसभा सदस्य सिंह गोलबजारको धमिनी मन्दिरमा दर्शन गरी सिरहा क्षेत्र नं.२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भएका सत्रुधन प्रसाद सिंहलाई भेट्न जाने क्रममा गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहको घर नजिक केही उछृंखल व्यक्तिहरुले ढुंगा प्रहार गरी गाडिको सिसा फुटाएको र सोही क्रममा पूर्व मेयर साहको घरको झ्यालको सिासा फुट्न गएको विज्ञप्तीमा उल्लेख गरेको छ।

विज्ञप्तीमा गोनपाका पूर्व मेयर साहको घर अगाडि सिंहको गाडिमा ढुंगा प्रहार गरी सिसा फुटाएको कुरा बाहिर आएपछि केही व्यक्तिहरु आक्रोशित भएको र सोही क्रममा साहको घरमा समेत सिसा फुट्नुका साथै स्थानीय श्रीचन साहको टाउँको फुटेको भन्दै घटनाप्रति दुख व्यक्त गरेको छ।

घटना दुःखद र खेदपूर्ण छ तर हाम्रो पार्टीबाट यसमा कुनै गल्लती नभएको नेकपा एमालेका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए। उनले आफ्नै पार्टीको कार्यकर्ताले घटना घटाएको भएपनि छानविनगरी कार्वाहीको लागि आव्हान गरे।

उनले भने, ‘घटना भएका क्षेत्रमा सवैतिर सीसीटिभी क्यामेरा छ, त्यहाँको फोटो झिकाएर छानविन गरोस, हाम्रै नेता कार्याकर्ता रहेपनि उनीहरुलाई कार्वाही हुनु पर्छ।

ab mall 1