बाँके, ११ मंसिर। नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मालाइ बाँकेको नैनापुर गउँपालिकाका अध्यक्ष इश्तियाक रायले निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन्।
रुकुम पश्चिमबाट साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएर आज आईतबार काठमाडौ फर्केने क्रममा नेपालगंज विमानस्थल आईपुगेका शर्मालाई गाउँ पालिका अध्याक्षहले फूलको गुच्छा र दोसल्ला लगाएर बधाइ शुभकामना दिएका हुन्।
अध्यक्ष शाहले रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्मालाई बधाई दिँदै, ‘नरैनापुर गाँउपालिकालाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईको साथ आवश्यक हुनेछ । तपाई सहित बाँकेबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरु संग सहकार्य गरी नरैनापुरलाई समृद्ध बनाउन हामी आतुर छौँ।’
शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने उल्लेख गर्दै अध्यक्ष शाहले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्मा संग सहयोगको अपेक्षा व्यक्त गरे।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले बाँकेको नरैनापुर आफनो पहिलो प्रातमिकतामा रहेकोले समृद्ध नरैनापुर बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै शर्माले नयाँ सरकार गठन भए लगत्तै नरैनापुरको समस्या समाधानका लागि सदनबाटै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री शर्मालाई बधाई दिन बाँके क्षेत्र नं. १ (क) बाट नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नेपालगंज बिमान स्थल पुगेका थिए।