खोटाङ, १० मंसिर। खोटाङको एक पसलमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विद्युत सर्ट भएर गएराती रावाबेसी गाउँपालिका ३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको पसल घरमा आगलागी भएको हो।

आगलागीमा विश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेल लगायतका किराना सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट विश्वकर्माको करिब १५ लाख ६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।