ढुंगामुढा र कुटपिट विरुद्ध सिरहाको गोलबजारमा टायर बालेर सडक अबरुद्ध

    • मंसिर १०, २०७९
    • ४११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १० मंसिर। सिरहा क्षेत्र नं. ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ निकटत् प्रतिद्वन्द्वी विश्वनाथ साहका दाजुको घरमा ढुङ्गामुडा गरेको विरोधमा आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेको छ।

    ab mall 333

    गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको गोलबजार नपा ४ स्थित घरमा ढुंगामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा स्थानीय तथा पार्टीका नेता कार्यकर्ताहरुले शनिबार बिहानदेखि गोलबजार बन्द गरि सडक अवरुद्ध गरेको हो।

    एमाले कार्यकर्ताहरुले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको विरोधमा स्थानीय र माओवादी माओवादी कार्यकर्ताहरुले बजार बन्द गर्नुका सथै पूर्व पश्चिम सडकको गोलबजार खण्डमा टायर बालेर सडक अबरुद्ध गरेका गरेका छन्।

    टाउको फुटेर चार वटा टाँका लगाइएका घाइते साहको अहिले गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ।
    सडक अबरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा लामो तथा छोटो दूरीका सयौं सवारी साधन रोकिएका छन्।

    माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबँर साँँझ साढे ७ बजेदखि पूर्व पश्चिम सडकस्थित गोलबजारमा टायर बालेर राती १० बजेसम्म सडक अबरुद्ध गरेपछि प्रहरीले खुलाएको थियो । एमालेका श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछिको उन्मादमा एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ।

    सिराहाका प्रमुख जिल्ल अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा बार्ता भइरहेको बताए। उनले अहिले नै धेरै कुरा बताउने अवस्था नगरहेको भन्दै अबरुद्ध सडक तथा बन्द बजार चाँडै खुल्ने जानकारी दिए।

    नेकपा माओवादी केन्द्र, सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भत्र्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन्।

    निर्वाचित उम्मेदवारको उपस्थितिमै उनका कार्यकार्ताले निजी घरमा ढुंगामुढा गर्दै रोक्न खोज्नेलाई कुटपिट गरिनु गुण्डागर्दी मात्र रहेको औंल्याउँदै विज्ञप्तिमा अलोकतान्त्रिक र गुण्डागर्दी हर्कत बन्द गर्न आग्रहसहित लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्न सचेत गराइएको छ। अन्यथा त्यसबाट उत्पन्न हुन सक्ने दुर्घटनाको सम्बन्धित पक्षले जिम्मेबारी लिन विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ।

    Mawobadi Bigyapti

     

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल