विजय जुलुसबाट प्रतिद्वन्द्वीको घरमा ढुंगामुढा गरेको विरुद्ध स्थानीयद्वारा सडक अवरुद्ध

    • मंसिर ९, २०७९
    • १,३२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ मंसिर। प्रतिनिधिसभा सदस्यमा सिरहा निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित नेकपा (एमाले) नेता लिलानाथ श्रेष्ठको विजय जुसमा सहभागी कार्यकर्ताले निकटतम् प्रतिद्वन्द्वीको घरमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन्।

    316849744_538838394432237_1256171731331721924_n

    एमालेका लिलानाथ श्रेष्ठको विजय जुलुसले गोलबजार नपा ४ मुख्य बजारमा रहेको घरमा ढुङ्गामुढा गर्दा घरको झ्यालका शिशाहरु फुटेको छ।

    त्यसरी ढुङ्गामुढा नगर्न अनुरोध गरेका स्थानीय ४३ वर्षिय श्रीचन साहलाई पनि कुटपीट गरेको छ। जुसमा सहभागी कार्यकर्ताको ढुङ्गा प्रहारबाट साहको टाउँको फुटेको छ। उनको टाउँमा गम्भिर चोल लागेकाले स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

    आफ्ना नेताको घरमा ढुंगामुढा भएको विरोधमा स्थानीय र माओवादी केन्द्रले शुक्रबार साँझ साढे ७ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड टायर बालेर अवरुद्ध गरेको छ।

    सडक अवरुद्धका कारण सायौं सबारीसाधान सडकमा अलपत्र परेको छ।

    इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी राजु केसीले आफू निर्वाचनको मतगणनाको शिलशिलामा गोलबजार बाहिर रहेको जानकारी दिँदै घटनाको विषयमा जानकारी पाए लगत्तै गोलबजार जाँदै गरेको बताए।

    सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो निर्वाचित भएको उन्मादमा एमाले कार्यकर्ताहरुले साहको घरमा साँझ साढे ६ बजेतिर ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ।

    सिरहा क्षेत्र नं. ३ बाट एमालेका श्रेष्ठले २८ हजार ६४ मतसहित माओवादी केन्द्रका साहलाई पराजित गरेपछि जितको उन्मादमा साहको घरमा ढुंगामुढा गर्नेविरद्ध कारबाही नभएसम्म श्रेष्ठले सार्वजनिक रुपमा माफी नमागेसम्म सडक अवरुद्ध जारी रहने माओवादीले जनाएको छ।

    316724497_385345113749547_4580458973094225389_n 316694625_1208527833063721_5886812073517511593_n

     

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल