मोहत्तरी २ मा लोसपा नेता भण्डारी निर्वाचित

    • मंसिर ९, २०७९
    • १६२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, ९ मंसिर। महोत्तर क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन्।

    भण्डारीले २५ हजार १९० मत ल्याउँदै निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी तराई–मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरे। पराजित सिंहले ११ हजार १२० मत ल्याएका छन्।

    भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै २०५१ मा स्वतन्त्र उम्मेदवार तथा २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

    २०६४ को संविधानसभामा मधेसी जनअधिकार फोरमबाट महोत्तरी ४ बाट निर्वाचित समेत निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी राजपाबाट महोत्तरी २ बाट निर्वाचित भएका थिए।

    भण्डारी २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भएका छन्।

    दक्षिणी चीनमा राजमार ...

      काठमाडौं, १९ बैशाख। दक्षिणी चीनको ग्वाङडोङ ...

    दलित विकास मञ्चको आय ...

    सिरहा, १९ बैशाख। सिरहाको मिर्चैयामा सञ्चालित पाँच दिवसी ...

    श्रमिक अधिकार कार्या ...

    काठमाडौं, १९ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo ...

    राजनीतिक उद्यमीका सी ...

    सीके लाल अनौपचारिक छलफलको प्रमुख विष ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल