धनुषा २ बाट कांग्रेसका यादव र ३ बाट एमालेकी महतो निर्वाचित

    • मंसिर ९, २०७९
    • २५१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    धनुषा, ९ मंसिर। प्रतिनिधि सभा तर्फ धनुषा क्षेत्र नम्वर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव र ३ बाट नेकपा एमालेका जुलिकुमारी महतो निर्वाचित भएका छन्। धनुषा २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले एमालेका उम्मेदवार उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी मत ल्याई निर्वाचित भएका हुन्।

    यादवले २० हजार ११२ मत प्राप्त गर्दा अरगरियाले १९ हजार ९५५ मत प्राप्त गनरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएके छ।

    त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याएको छ। यस क्षेत्रमा तीनैजना उम्मेदवारबीच सुरुवाती देखिनै कडा प्रतिस्पर्धा देखिए पनि कांग्रेसका उम्मेदवार यादव निर्वाचित भए।

    धनुषा क्षेत्र नम्वर ३ मा नेकपा (एमाले) का उम्मेदवार जुली कुमारी महतो सत्ता गठबन्धनदलको तर्फबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाभन्दा नौ हजार ७०२ मत बढी ल्याएर निर्वाचित भएकी हुन्।

    महतोले ३३ हजार ३८८ मत प्राप्त ल्याएक छिन्, भने झाले २३ हजार ६८६ मत प्राप्त गरेका छन्।

     

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल