सिरहा, ९ मंसिर। सिरहा निर्वाचन क्षेत्र नम्वर ३ को (२) बाट नेकपा (एकीकृत समाजवादी) प्रमोद कुमार यादव निर्वाचित भएको छ। मन्त्री समेत रहेका यादवले सत्ता गठवन्धन कै उम्मेदवार नेपाली काँग्रेसका संयज प्रकाश यावलाई एक हजार ९६२ मतले पछि पार्दै निर्वाचित भएका हुन्।
मन्त्री यादव ९ हजार ९७६ मत सहित निर्वाचित भएको र उनका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका संजय प्रकाश यादवले ८ हजार १४ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत काजी वहादुर राईले जानकारी दिए।
जनता समाजवादीका नेतृ रेनु कुमारी यादवले ६ हजार ७७९ मत ल्याए भने जनमत पार्टीका ज्ञानेन्द्र कुमार यादवले ५ हजार २८८ मत मत ल्याएका छन्।