प्रचण्डले टिकट दिएनन्, ‘जेब्रा’ चुनाव चिह्न लिएर दुवै गठबन्धनलाई हराए

    • मंसिर ८, २०७९
    • ६५९ पटक पढिएको
    • गमक पाेस्ट
    alt


    सर्लाही, ८ मंसिर। सर्लाही क्षेत्र नम्बर– ३ को प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट ‘बागी’ उम्मेदवार बनेका जबाहरलाल कुशवाहा विजयी भएका छन्। 

    नेकपा (एमाले( का गणेश प्रसाइँलाई पराजित गर्दै कुशवाहा स्वतन्त्रबाट मधेश प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। 

    माओवादीबाट टिकट नपाएपछि कुशवाहाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए। कुशवाहाको उम्मेदवारीले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका डिल्ली उप्रेतीसँगै एमाले-जसपा गठबन्धनका उम्मेदवार गणेश प्रसाइँको पनि हार भएको छ।

    भर्खरै निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कुशवाहाले १६ हजार ५९१ मत प्राप्त गर्दा एमालेका प्रसाइँले १५ हजार १६६ मत पाएका छन्। 

    निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका एकीकृत समाजवादीका डिल्लीप्रसाद उप्रेतीले ५ हजार ३७२ मत मात्रै पाएका छन्। यहाँ निकटतम प्रतिस्पर्धी प्रसाइँसँग कुशवाहाको मतान्तर एक हजार ४२५ छ।

    सत्तारुढ गठबन्धनले सर्लाही ३ को प्रतिनिधिसभामा माओवादी केन्द्रबाट नरेन्द्र साह र प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका डिल्ली उप्रेती तथा (ख) मा नेपाली कांग्रेसका हरेशप्रसाद महतोलाई उम्मेदवार बनाएको थियो। 

    माओवादीबाट प्रदेशसभामा बागी उठेका कुशवाहालाई माओवादी केन्द्रबाट निर्वाचित हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी र बागमती नगरपालिकाका मेयर भरत थापासहित अधिकांश माओवादी नेता कार्यकर्ताले साथ दिएका थिए। सर्लाही ३ (क)मा हरिवन र बागमती नगरपालिकाको सबै क्षेत्र पर्छ।

     

     

    कुशवाहाको विजयसँगै एमाले नेता गणेश प्रसाइँले सात महिनामै दुईपटक हार बेहोरेका छन्। गएको स्थानीय तह निर्वाचनमा प्रसाइँ हरिवन नगरपालिकाको मेयरमा पनि पराजित बनेका थिए। माओवादी केन्द्रका कमल बुढाथोकीसँग पराजित बनेका प्रसाइँ प्रदेशसभामा पनि माओवादीका ‘बागी’ उम्मेदवारसँग पराजित बनेका छन्।

    शिक्षण पेशाबाट राजीनामा दिएर पहिलोपटक चुनाव लडेका कुशवाहा स्थानीय तहको निर्वाचन अघि मात्रै नेपाली कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। गएको फागुनमा सर्लाहीको बागमती नगरपालिकामा आयोजित भव्य कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले कुशवाहालाई पार्टीमा भित्र्याएका थिए। 

    प्रदेशसभामा टिकट पाउने आशमा माओवादी प्रवेश गरेका कुशवाहाले माओवादीबाट टिकट पाएनन्। मेयर बुढाथोकी र थापाले कुशवाहालाई टिकटको लागि धेरै प्रयत्न गरे। तर, सम्भव भनएन। केन्द्रमा शीर्ष नेताबीच सिट बाँडफाँड हुँदा सर्लाही ३ (क) एकीकृत समाजवादीको भागमा परेपछि माओवादीका स्थानीय नेता कार्यकर्ता रुष्ट बनेका थिए। 

    जनमत नै नभएको एकीकृत समाजवादीलाई प्रदेशको क्षेत्र छाडिएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित बागमती नगरपालिकाका मेयर थापा र हरिवन नगरपालिका मेयर बुढाथोकीले कुशवाहालाई स्वतन्त्रबाट उम्मेदवार बनाएर चुनावी अभियान सम्हालेका थिए। 

    भर्खरै निर्वाचित दुई मेयर नै कुशवाहाको पक्षमा लागेपछि उनलाई प्रदेशसभाको यात्रा तय गर्न सहज भएको छ। माओवादी कार्यकर्ताले एकहातमा हँसिया अथौडा र अर्को हातमा ‘जेब्रा’ चुनाव चिह्न बोकेर भोट मागेका थिए। 

    बागमती नगरपालिकाका मेयर थापाले चुनावी सभामा प्राविधिक कारणले मात्रै कुशवाहाले हँसिया हथौडा चुनाव चिह्न नपाएको भन्दै जेब्रा चिह्न पनि माओवादीकै भएको भन्दै मतदातालाई फकाउँदै भोट मागेका थिए।

     

    सर्लाही ३ को प्रदेशसभा (क) को अन्तिम परिणाम सार्वजनिक भए पनि (ख) को मतगणना भने अझै सकिएको छैन। प्रतिनिधिसभा तर्फ सर्लाही ३ मा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ। 

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार एमालेका हरि उप्रेतीले २० हजार १०७ मत प्राप्त गर्दा माओवादी केन्द्रका नरेन्द्र साहले १७ हजार ६१५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार त्रिभुवन कुमार सिंहले २७ सय ७० मत पाएका छन्। 

    नेपालखवरबाट।

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल