सिरहा, ९ मंसिर। सिरहामा पनि जनमत पार्टीले खाता खोलेको छ। सिरहा क्षेत्र नम्वर ४ (१) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएको छ।

उनी नेकपा माओवादी केन्द्रका महेन्द्र पासमालनलाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासमानले ७ हजार ८३ मत प्राप्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रकाश महासेठले ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा छन्।

ab mall