सप्तरी, ७ मंसिर। सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पछिपार्दै जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउत निर्वाचित भएका छन्।

राउतले ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरेका छन् । उनीहरुविचको मतान्तर मतान्तर १८ हजार ६३ रहेको छ।

सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गरेका छन्। । सो क्षेत्रमा ६० हजार ९२१ मत सदर र तीन हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ। २०७४ को निर्वाचनमा यहिक्षेत्रबाट यादव निर्वाचित भएका थिए।

ab mall