सर्लाही, ७ मंसिर। सर्लाही क्षेत्र नम्वर २ को (१) बाट नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली प्रदेशसभामा निर्वाचित भएकी छिन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता कुमारी लामालाई ६ हजार ६९९ मतले पछि पार्दै प्रदेशसभामा निर्वाचित भएकी हुन्।

लुङ्गेलीले १३ हजार ६७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी लामाले ६ हजार ९७८ मत प्राप्त गरेको विर्नाचन अधिकृतले जनाएको छ।

जनमत पार्टीका अजित कुमार मण्डल ३ हजार ९९० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

WhatsApp Image 2022-09-10 at 11.22.08 PM