वीरगञ्ज, ७ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनी आफ्ना निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीभन्दा एक जहजार २३३ मत बढी ल्याएर निर्वाचित भएको र्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए।
राउतका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुर्मीले छ हजार दुई सय १२ मत प्राप्त गरेका छन्। राप्रपाका विनाय प्रसाद झाले दुई हजार ८४१ मत प्रप्त गरेको छ।