सप्तरी, ६ मंसिर। सप्तरी क्षेत्र नम्वर २ ‘क’ प्रदेशसभा सदस्यमा जनमत पार्टीका ३० वर्षिय सतिस कुमार सिंह निर्वाचित भएका छन्। आज सम्पन्न मतगणणा परिणाम अनुसार वर्तमान मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहभन्दा दोव्वरभन्दाबढी मतान्तरले सिंह विजयी भएका हुन्।
जनमत पार्टीका सिंहले १६ हजार ७३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी वर्तमा अर्थमन्त्री साहले ८ हजार २९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थान तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का सरोज कुमार मण्डलले प्राप्त गरेका छन्। उनले ६ हजार १३२ मत प्रप्त गरेका छन्।