सिरहा, ६ असोज। सिरहाका ४ निर्वाचन क्षेत्रमध्य २ वटामा नेकपा एमाले, एक–एक क्षेत्रमा जसपा नेपाल र नेकपा एकीकृत समाजवादीको अग्रता रहेको छ।

सिरहा क्षेत्र नम्वर १ मा नेकपा एमालेका रामशंकर यादव ३ हजार ४६ मत, नेपाली काँग्रेसका पदम नारायण चौध्रीले २ हजार ७६६ मत प्राप्त गरेका छन्। जनमत पार्टीका युगल किशोर साहले ६६७ प्राप्त गरेको छ।

सिरहा २ मा जनता समाजवादी पार्टीका राजकिशोर यादव २ हजार ४५ मत, नेपली काँग्रेसकी चित्रलेखा यादव १ हजार ९६१ मत, जनमत पार्टीक विदोद कुमार यादवले १ हजार ९०३ मत प्राप्त गरेका छन्।

सिरहा ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठले २ हजार ८६३ मत पाउँदा नेकपा माओवादीका विश्वनाथ साहले २ हजार ९८ मत प्रप्त गरेका छन्। जनमत पार्टीका ६ सय ५६ मत प्राप्त गरेको छ।

सिरहा ४ मा नेकपा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साह २ हजार ६७३ मत प्राप्त गरेका छन् भने जसपाका बिरेन्द्र महतोले २ हजार ५२१ मत र गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले ९८६ र जनमतका वीरेन्द्र प्रसाद साहले ८०४ मत प्राप्त गरेका छन्।

ab mall