सिरहा, ४ मंसिर। सिरहामा आज सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ। अहिलेसम्म प्राप्त सुचनाको आधारमा जिल्लाको २२१ म्तदान स्थल र ५०५ मतदान केन्द्रहरुबाट ६० प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले सिरहाले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी गनपैत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदानकेन्द्रहरुको मत परिणाम अनुसार कम्तिमा ६० र बढीमा ७५ प्रतिशतसम्म मतदमन भएको पाइएको छ।
जिल्लाका सवैमतदान स्थलहरुमा शान्तिपूर्णरुपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए। उनले जिल्लाको कर्जन्हा नपा ६ निर्वाचन स्थलबाहेक सवैठाउँमा सामान्य रुपमा मतदान भएको जनाए।
कर्जन्हा नपा ६ मा विहानै मतपेटिका राख्ने विषयमा दलका प्रतिनिधीहरुसँग भएको विवाद नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हवाई फाएर गर्नु परेको थियो।
आज सवै मत पेटिकाहरु म्तगणणास्थलसम्म पुर्याएर भोलीमात्र मत गन्ने मूख्य निर्वाचन अधिकृत काजीवहादुर राईले जानकारी दिए। उनका अनुसार राती डिलो चाडो सवै ठाउँको मतपेटिका मतगणणास्थलसम्म ल्याएपछि भोलीबाट गणणा गर्ने योजना बनिरहेको जनाए।
सिरहा क्षेत्र नम्वर ३ का निर्वाचन अधिकृत समेत रहेका राईले यो क्षेत्रकाका सवै उम्मेदवार र दलका प्रतिनिधीलाई नेताहरुलाई भोली विहान १० बजे वैठकको लागि बोलाईएको बताए। उनीहरुसँगको छलफलपछि ११ बजेबाट मतगणणा गर्ने योजना बनेको बताए।
जिल्लाको क्षेत्र नम्वर १ को मतगणणा लहानस्थित दुलिचन अतिथी सदन, क्षेत्र नम्वर २ को धनगढीमाई नगरपालिकाको प्रशासकिय भनव, क्षेत्र नम्वर ३ को चन्द्र माध्यमिक विद्यालय सिरहा र क्षेत्र नम्वर ४ को मतगणणा मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुने मूख्य निर्वाचन अधिकृत राईले जानकारी दिए।
जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेश सभा ८ क्षेत्रहरु रहेको छ। जिल्लामा २ लाख २४ हजार ९९ पूरुष, १ लाख ९८ हजार ६११ महिला र २ अन्य मतदाता सहित जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेका छन्।