बर्दिवास, ३ मंसिर। महोत्तरी प्रहरीले गौशालाबाट मौन अवधिमा नमुना मतपत्र लगायतका निर्वाचन सामग्रीसहित दुई जना पक्राउ परेका छन्। गाडीको डिक्किमा नमुना मतपत्रसहित हिडेका बर्दिवास नगरपालिका १ का ७४ वर्षीय भवानी बहादुर थापा र बर्दिवास नगरपालिका ५ का ३९ वर्षीय पदम पौडेललाई गौशाला नपा १० बाट प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट १ सय ९४ थान नमुना मतपत्रलगायत निर्वाचन सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए।
बाग्मती प्रदेश ३–०१–०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र मतपत्र लिएर जाँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुमाथि थप अनुसन्धानको भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।