वीरगञ्ज, २ मंसिर। पर्सा प्रहरीले वीरगञ्जबाट नक्कली मतपत्र र नगदसहित दुईजनालाई पक्राउ गरेका ाछन्। वीरगञ्जको बसपार्क सडकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले दुई लाख ७२ हजार नगद र करिव ८ हजार नक्कली मतपत्रसहित कलैया उपमहानगरपालिका १८ का अमिरी राउत र वीरगञ्ज महानगरपालिका १६ इनर्वाका राजन सिंहलाई पक्राउ गरेका हुन्।
बाराको कलैयाबाट वीरगञ्ज आउँदै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार कार चालक राउत सिंहलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट फेला परेको नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यसबारे थप अनुसन्धान भईरहेको जनाए।