सिरहा, २ मंसिर। आईतबार ४ मंसिरमा हुनगईरहेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा एक सय ७० मतदान स्थल अति संवेदनशील सूचीमा राखीएको छ। सुरक्षा सम्वेदशिलताका आधारमा जिल्लाका जम्मा दुई सय २१ मध्येय एक सय ७० अति सम्वेदनशिल, ४६ सम्वेदन शिल र बाँकी पाँचवटा निर्वाचनस्थल सामान्यको सूचिमा राखिएके हो।

3

जिल्ला सुरक्षा समितिले गरेको वर्गिकरण तथा निर्णयको आधारमा मतदानस्थल सम्वेदनशिलताको आधारमा सुरक्षा व्यवस्था मिलाइएको सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए।

प्रजिअ कवारीका अनुसार निर्वाचनअन्तर्गत मतदानको दिन मतदानस्थलमा एक हजार चार सय नेपाल प्रहरी, सात सय सशस्त्र प्रहरी बल र दुई हजार आठ सय नौजना म्यादी प्रहरी सुरक्षाका लागि परिचालन गरिँदै छ। त्यसबाहेक मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा आवश्यकताअनुसार बाहिरी सुरक्षा घेरा र मोबाइल गस्तीमा नेपाली सेनासमेत परिचालन गरिने प्रजिअले बताए।

निर्वाचन भयरति वातावरणमा स्वच्छ, निष्पक्ष, धाँधलीरहित सम्पन्न गर्न तीन तहमा सुरक्षा व्यवस्था मिलाईएको पजिअ कवाडीले बताए। उनले भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।

मतदानका लागि जिल्लाका पाँच सय पाँच मतदान केन्द्रमा स्वयंसेवकसहित ६ हजार ६० जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले जानकारी दिइन्। उनका अनुसार हरेक केन्द्रमा चार–चारजना स्वयंसेवक परिचालन गरिँदै छ। ‘हरेक मतदान केन्द्रमा एक–एकजना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत, पाँचजना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगीसहित आठजना कर्मचारी खटाइएको छ,’ उनले भनिन्, ‘निर्वाचनमा भाग लिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधि, सुरक्षाकर्मी, मतदानमा खटाइएका कर्मचारीको समन्वयमा हरेक मतदातालाई भयरहित र स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने गरी आवश्यक सम्पूर्ण तयारी गरिएको छ।’

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख २४ हजार ९९ पुरुष र एक लाख ९८ हजार ६ सय ११ महिला तथा दुई तेस्रोलिंगी गरी चार लाख २२ हजार सात सय १२ मतदाता छन्।

ab mall