सर्लाही, १ मंसिर। सर्लाही प्रहरीले २ सय केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ। चेक जाँचको क्रममा मलंगवा नगरपालिका १० गंगा पेट्रोल पम्प नजिक बागमती प्रदेश–३–०१–००६ ख १७०४ नम्बरको गाडी चेक जाँच गर्ने क्रममा सो मरिणामको गाँजा बरामद गरेको हो।

अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्प र बिओपी मलंगवाबाट खटिएको प्रहरीले गाडीमा पानीको कार्टुनभित्र बोरामा १४ वटा पोका पारी लुकाई राखेको अवस्थामा गाँजा फेला परेको हो। गाडीका चालक फरार रहेको छ भने गाडी प्रहरी नियन्त्रणमा रहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

yamaha bg 1