सिरहा, २७ कात्तिक। सिरहामा जङ्गली माहुरीले टोकेर एक वृद्ध महिको मृत्यु भएको छ। काम विशेषले आँपको बगैंचातिर गएको बेला एक्कासी आएको जङ्गली माहुरीले टोकेर वेहोस भएकी गोलबजार नगरपालिका २ गुरुधामकी ७५ वर्षिय रामरती देवी महतोको उपचारको क्रममा मृत्यु भएको हो।
एक्कासी आएको माहुरीले जिउभरी टोकेर वेहोस भएकी वृद्धालाई उपचारको लागि आरके मेरीसिटी अस्पताल धनगढीमाई नपा ९ मा उपचार गर्ने क्रममा मृत्यु भएको स्थानीय प्रेम सिंहले जानकारी दिए।
अस्पताल प्रशासनले गम्भिर अवस्थामा उपचारका लागि ल्याएकाले उपचार सम्भव नभएको जनाए।