जनकपुर, २५ कात्तिक। अगामी मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबारदेखि जिल्लाभर मदिरा बिक्री निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्नजिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि लागू हुनेगरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको जानकारी गराएको हो।

ab-mall 1

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ ९थ० मा भएको व्यवस्था, सर्वदलिय र सर्वपक्षिय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिश बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार शनिबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीाद्वारा जारी सूचनामा कोही कसैले यो सूचनाको बर्खिलाप हुनेगरी नेषधित अवधिमा माधदक पदार्थ ओसारपोसार, विक्रि वितरण र सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने उल्लेख गरेको छ।

janakpur