सिरहा, २४ कात्तिक। गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्यूटलाई गोलबजारको पहिचानको रुपमा स्थापित गराउन सवैखालको सहयोग गर्न नगर तयार रहेको बताएको छ। नयाँ भर्ना भएका विद्यार्थिहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मेयर श्रेष्ठले यो शैक्षिकसंस्थालाई सवल बनाउन नगरको तर्फबाट सवैखालको सहयोग गर्न तयार रहेको बताए।

ab mall

उनले इन्स्टिच्यूटलाई देशले खोजेको, मागेको दक्ष जनशक्ति उत्पादन गर्ने थालेको रुपमा विकास भएको आफूले हेर्न चाहेको जनाए। त्यसको लागि नगरपालिका, शिक्षक, सञ्चालक समिति सवैले दत्तचित्त भएर लार्नु पर्ने औंल्याए।

मन्तव्यकै क्रममा मेयर श्रेष्ठले कुनै पनि शैक्षिक शैक्षिाकसंस्थालाई राजनीतिकरण नगर्न समेत आग्रह गरे। उनले भने, ‘म शैक्षिकसंस्थाहरुमा राजनीतिककरण नहोस् भन्ने चाहन्छु; कसैले राजनीतिक गर्न खोजे म सहन पनि सक्दन।’

उनले नव आगन्तुक विद्यार्थीहरुको सफल भविश्यको कामना गर्दै यो संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास भएको हेर्न चाहेको समेत बताए।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत अनन्त पौड्यालले जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्यूटलाई नगरपालिकाले दिनेभन्दापनि लिनसक्नेगरी विकास गर्न सकिने बताए। उनले त्यसको लािग सहि नीति, नियम र कार्वान्वयनहुनु पर्नेमा जोड दिए। अधिकृत पौड्यालले यसलाई देश विदेशका शैक्षिकसंस्थाहरुसँग भगनी सम्वन्ध कायम गरेर नमुना बनाउँदै आत्मनिर्भर वनाउने तर्फ सवैले सोच्नु पर्नेमा जोड दिए।

सोही क्रममा इन्स्टिच्यूटका अध्यक्ष नन्दकुमार थापाले छोटो समयमा संस्थाचा सोचेभन्दा राम्रो प्रगति गरेको बताए। नगरपालिका र सीटीईभीटीद्वारा सञ्चालित यो संस्था पूर्णतः सरकारी भएको बताउँदै यसलाई प्राविधिक विश्वविद्यालयको रुपमा विकास गर्नसकिने बताए।

कार्यक्रमको स्वागत इन्स्टिच्यटका कार्यसमिति सदस्य योगेन्द्र सिंहले गरेका थिए। उनले यो भर्खर सुरुवात भएको संस्था भएकोले यसलाई फलाउने फुलाउने जिम्मा तपाई हाम्रै भएको बताए। उनले आफ्नै पालकामा यसलाई नयाँ उचाईमा पुर्याउनेगरी कामगर्नु पर्ने बताए।

छोटो अवधिमा ३ वर्ष डिप्लोमा अन्तर्गत पाँचवटा कार्यक्रमहरुको स्वीकृति पाएको बताउँदै अध्यक्ष थापाले यसलाई सवैको साथ सहयोग रहे यसलाई अझै राम्रो बनाउन सकिने बताए।

अहिले ३ वर्ष डिप्लोमा अन्तर्गत डिप्लोमा इन सिभिल ईन्जिनियरिङ्, डिप्लोमा इन जियोमेटीकस् ईन्जिनियरिङ्, डिप्लोमा इन कृषि (वाली विज्ञान) र डिप्लोमा इन सूचना प्रविधिकार्यक्रमहरु सञ्चालन भईरहेको र फार्मेसीको स्वीकृती प्राप्त भएको जानकार दिए।

कार्यक्रममा गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती साह, वडा अध्यक्षहरु वडा नम्वर १ का देवबहादुर थापा, वडा नम्वर २ का सुखदेव सिंह, वडा नम्वर ३ का धनप्रसाद लामा, वडा नम्वर ४ का सकलदेव यादव, वडा नम्वर ६ का संजित लामा र नगरक्षेत्रका माविका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

315205355_595517075908231_5061837773852786275_n